नयाँ स्टक एक्सचेन्जको आवश्यकता छः अध्यक्ष ढुंगाना « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नयाँ स्टक एक्सचेन्जको आवश्यकता छः अध्यक्ष ढुंगाना



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ स्टक एक्सचेञ्जको अध्ययन सकिएको बताएका छन् । बोर्डको २९ औं बार्षिकोत्सवमा नयाँ स्टक एक्सचेन्जको अध्ययन सकिएको बताएका हुन् । नयाँ स्टक एक्सचेञ्जको अध्ययन सकिएको र त्यसको विषयमा सञ्चलक समितिको बैठकमा छलफल हुन बाँकी रहेको उनको भनाइ छ ।

उनका अनुसार पछिल्लो समय कारोबार प्रणालीमा प्राविधिक जोखिम उच्च हुँदै जानुका साथै बजारमा नयाँ लगानीकर्ताको ठूलो संख्यामा प्रवेश तथा कारोबार परिमाणमा उच्च वृद्धि, प्राथमिक बजार मार्फत पुँजी परिचालन परिमाणमा समेत उच्च वृद्धि हुँदै गएको सन्दर्भमा बजारको बढ्दो माग तथा आपूर्ति प्रभावकारी रूपमा व्यवथापन गरी बजारको विश्वसनीयता अभिवृद्धि तथा जोखिम व्यवस्थापन गर्न स्टक एक्सचेन्जलाई प्रतिस्पर्धी बनाउन आवश्यक देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्