आजसम्म कायम सेयरधनीले एचआईडीसीएलको १०० प्रतिशत हकप्रदमा आवेदन दिन पाउने « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

आजसम्म कायम सेयरधनीले एचआईडीसीएलको १०० प्रतिशत हकप्रदमा आवेदन दिन पाउने



काठमाडौं । हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सतप्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनार्थ भोलि २८ गते बुक क्लोज गर्ने भएको छ । आज (जेठ २७ गते, बिहीबार) सम्म कायम सेयरधनीहरुमात्र कम्पनीको हकप्रदमा आवेदन दिनका लागि योग्य हुनेछन् । हकप्रद सेयर निष्कासनका लागि भोलि जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई गत जेठ ९ गते सतप्रतिशत हकप्रद निष्कासनको अनुमति दिएको थियो । कम्पनीले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ । कम्पनीले ११ अर्ब रुपैयाँको हकप्रद निष्कासन गर्ने छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयरधनीहरुका लागि जारी गर्नेछ ।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिलट लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्