नेपाली कांग्रेस निकट नुवाकोटका व्यवसायीहरुले गरे राहात वितरण « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

नेपाली कांग्रेस निकट नुवाकोटका व्यवसायीहरुले गरे राहात वितरण



काठमाडौं । नेपाली कांग्रेस निकट युवा व्यवसायीहरुले राहात वितरण गरेका छन । कोरोना भाइरस महामारीका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गरी खाने वर्गलाई व्यसाीहरुले राहात वितरण गरेका हुन ।

नुवाकोटबाट काठमाडौं आई दैनिक रुपमा ज्याला मजदुरी गरी आफनो गुजारा चलाउदै आएका तर कोरोना महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेपछि समस्यामा परेका करिब १ सय २० घरपरिवारलाई राहात वितरण गरेको व्यवसायी गोविन्द्र गीरीले बताएका छन ।

युवाहरुले प्रतिपरिवार १ बोरा चामल,१ किलो दाल, १ लिटर तेल, १ प्याकेट सोयाविन र १ प्याकेट माक्स वितरण गरेका हुन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारीगरेसंगै युवाहरुले विभिन्न ठाउँमा समस्यमा परेका परिवारलाई राहत वितरण गदै आएका छन ।

नेपाली कांग्रेसमा आवद्ध व्यवसायीहरु गोविन्द गिरी, हरिलाल श्रेष्ठ, दयाराज गिरी,राजन बुढाथोकी,रबिन्द गिरी, राजन गिरी, हरिकृष्ण भट्टराई ,रामकृष्ण गिरी, रामजि पौडेल, माधव शर्मा लगायतका सहयोगमा उक्त सामान वितरण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्