नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्री खुला, कति छ प्रतिकित्ता मूल्य ? « Arthapath.com
२६ असार २०८२, बिहीबार

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्री खुला, कति छ प्रतिकित्ता मूल्य ?



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूह अन्र्तगतको ५० हजार कित्ता शेयर आजदखि बिक्री खुला गरिएको छ ।

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. १ हजार २२ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ २७ गतेदेखि अषाढ १० गते सम्ममा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्