वित्तीय विवरणमा त्रुटिरहेको रैराङ हाईड्रोले सच्यायो प्रतिसेयर नेटवर्थ र प्रतिसेयर आम्दानी « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

वित्तीय विवरणमा त्रुटिरहेको रैराङ हाईड्रोले सच्यायो प्रतिसेयर नेटवर्थ र प्रतिसेयर आम्दानी



काठमाडौं । रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण त्रुटिपूर्ण रहेको बताएको छ । कम्पनिले गत बैशाख २० गते सार्वजनिक गरेको वित्तीय विवरणमा प्रतिसेयर नेटवर्थ र ईपीएस अर्थात प्रतिसेयर आम्दानी मा त्रुटि भएको भन्दै आज एक सुचना जारी गरेर जानकारी दिएको छ ।

कम्पनिले प्रतिसेयर नेटवर्थ र प्रतिसेयर आम्दानी सच्चाउदै प्रतिसेयर नेटवर्थ १०९.०८ . रुपैयाँ र इपीएस ९.१७ रुपैयाँ रहेको जनाईएको छ ।कम्पनीले गत बैशाख २० गते सार्वजनिक गरेको वित्तीय विवरणमा प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ र इपीएस १३.०३ रुपैयाँ उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्