प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, आज ४ बजे शपथ तय « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, आज ४ बजे शपथ तय



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । एमालेबाट ६ मन्त्री र १ राज्यमन्त्रीसहित ७ जना र जनता समाजवादी पार्टी, नेपालको महन्थ–राजेन्द्र पक्षबाट एक जना गरी ८ जनालाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

उनीहरुको सपथ कार्यक्रम ४ बजे रहेको छ ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री बनेका छन् । खगराज अधिकारीलाई गृहमन्त्री, नैनकला थापा सञ्चार तथा प्रविधि मन्त्री, वन तथा वातावरण मन्त्री नादरमुनी राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गशेण पहाडी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मोहन वानियाँ, कृषिमन्त्री ज्वालाकुमारी साह, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव र वनराज्यमन्त्री आशा विक नियुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस्