चौधरी फाउण्डेसनले वीर अस्पतालमा १८ शय्याको आइसीयू बनायो

काठमाडौं । चौधरी फाउण्डेसनले वीर अस्पतालमा आईसियु वार्ड बनाएको छ । कोरोना संक्रमणको दोस्रो लहर बढेसंगै फाउण्डेसनले १८ शय्याको आइसीयु बनाएर हिजो हस्तान्तरण गरेको फाण्उडेसनले जानकारी दिएको छ ।
हिजो एक कार्यक्रम गदै फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड युनिफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रा डा जागेश्वर गौतमलाई आइसीयू वार्ड हस्तान्तरण गरेका हुन । कोरोनाबाट संक्रमित नागरिकको जीवन रक्षा गर्नु अहिले हाम्रो सबैभन्दा महत्वपूर्ण दायित्व हो। आइसीयू वार्ड स्थापना गर्न वीर अस्पताललाई छान्नुको उद्देश्य सर्वसाधारण नागरिकको उपचारमा सहज पहुँच भएको अस्पताल यहि भएको हुनाले हो फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले बताए ।
फाउन्डेसनले नयाँ भवनको पहिलो तलामा ९ र दोस्रो तलामा ९ गरि १८ शैय्याको आइसियू वार्ड निमार्ण गरेको छ ।
