सीईडीबी हाइड्रोपावरका संस्थापक र कर्मचारीले २०८१ वैशाख ३० गतेपछि मात्रै सेयर किनबेच गर्न पाउने « Arthapath.com
२८ जेष्ठ २०७८, शुक्रबार

सीईडीबी हाइड्रोपावरका संस्थापक र कर्मचारीले २०८१ वैशाख ३० गतेपछि मात्रै सेयर किनबेच गर्न पाउने



काठमाडौं । दोस्रो बजारमा यसै सातादेखि कारोबारमा आएको सीइएडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका संस्थापक र कर्मचारीको सेयर ३ वर्षपछि मात्रै किनबेच गर्न पाइने भएको छ ।

यसै साता धितोपत्र दोस्रो बजारमा कारोबार खुलेको कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका संस्थापक र कर्मचारीसँग रहेको सेयर २०८१ वैशाख ३० गतेसम्म लकिङ भएको जानकारी दिएको छ । अव कम्पनीका संस्थापक र कर्मचारीहरुले २०८१ वैशाख ३० गतेपछि मात्र खरिदबिक्री गर्न पाइने छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशिका धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को परिच्छेद ९ दफा ३८ को उपदफा १ बमोजिम ‘विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्रबाहेक अन्य समूहले धितोपत्र संगठित संस्थाले सवंसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेको सेयर बाँडफाँड भएको मितिले ३ वर्षको अवधि पूरा नभई बिक्री गर्न पाइने छैन’ भनी उल्लेख छ । यो कम्पनीले पनि गत वैशाख ३१ गते आईपीओ बिक्री गरी बाँडफाड गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्