गण्डकीको मुख्यमन्त्रीमा गुरुङको पनि दाबी « Arthapath.com
२९ जेष्ठ २०७८, शनिबार

गण्डकीको मुख्यमन्त्रीमा गुरुङको पनि दाबी



काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । विहिबार विश्वासको मत मागेका गुरुङ्गले विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री पद गएको थियो ।

त्यसैगरी गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले पनि बहुमत सासंदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी गरेको छ ।

हिजो प्रदेश प्रमुख सीता पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्रीका लागि दाबि पेश गर्न आवाहान गरेकि थिईन । त्यसैअनुसार गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनसहित मुख्यमन्त्रीमा समय सकिनु केहि समय अगाडी दावी गरेको स्रोतले जनाएको छ ।

गुरुङलाई राजमोका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समेत समर्थन गरेका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्