नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल समूहलाई पनि बोलाईने

काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी बैठक असार २ गते बस्दै छ ।असार २ गतेका लागि एमालेले स्थायी कमिटी बैठक बोलाएको हो । नेकपा एमालेका प्रवत्ता प्रदीप ज्ञवालीका अनुसार बैठकमा स्थायी कमिटिका सबै सदस्यलाई निमन्त्रण गर्ने जनाएका छन ।
बैठक बस्ने विषयमा छलफल भइसकेपनि सदस्यहरुलाई खबर गर्न बाँकि रहेको ज्ञवालीले जानकारी दिएका छन । पछिल्लो समयको समसामायीक राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्ने उनले जनाएको छ ।
सर्वोच्च अदालतले जेठ २७ गते बिहिबार एमालेको दसौं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई वैधता दिन अस्वीकार गर्दै कर्णाली प्रदेशका चार सांसदको पुनर्बहाली गरेको थियो ।