धितोपत्र बोर्डको चौतर्फी विरोध भएपछि आकष्मिक पूर्ण बैठक « Arthapath.com
२ असार २०७८, बुधबार

धितोपत्र बोर्डको चौतर्फी विरोध भएपछि आकष्मिक पूर्ण बैठक



काठमाडौं । मंगलबार नेपाल धितोपत्र बोर्ड शेयर बजारमा जोखिमयुक्त ५१ कम्पनीकाे सूची सार्वजनिक गरेपछि सर्वाधिक आलाेचोना खेप्नु परेको छ । सबैतिरबाट विरोध भएपछि बुधबार बोर्डको पूर्ण बैठक बसेको छ । नियामक नेपाल धितोपत्र बोर्डको बुधबार भर्चुअल माध्यम मार्फत पूर्ण बैठक बसेको हो ।

बोर्डको बैठकले ५१ वटा कम्पनीहरुको प्रारम्भिक अध्ययन गरी विस्तृत अध्ययन गर्नलाई छनोट गरिएको र आम लगानीकर्ताले फरक अर्थ लगाएर बुझेको निश्कर्ष निकालेको छ ।

बोर्डका वरिष्ठ कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरिले आफूहरूले बिभिन्न आधारमा यी कम्पनी छनौट गरेको र त्यसको आधारमा लगानीकर्तालाई जानकारी दिन खोजेको बताएका छन् ।

उनका अनुसार सूचीकृत कम्पनीमध्ये पछिल्लो ६ महिनामा सेयर मुल्य ३०० प्रतिशत भन्दा बढीले बढेका र फण्डामेन्टलका बिभिन्न आधार भन्दा फरक बाटोमा हिडेका कम्पनीको अध्ययन गरि त्यस्ता कम्पनीको उदाहरण मात्र दिन खोजेको हो । बिज्ञप्तीमा हाल जोखिमयुक्त देखिएका ५१ कम्पनी छनौट गरि बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको भन्ने शब्दले अर्को अर्थ लागेका उनको भनाई छ ।

बुधबार बसेको बैठकले लगानीकर्ताले फरक अर्थ लगाएकाले त्यसलाई लगानीकर्तामाझ स्पष्ट रुपमा बुझाउनु पर्ने प्रवक्ता गिरिले बताए ।


प्रतिक्रिया दिनुहोस्