सरकारले वैदेशिक रोजगारीमा जानेलाई १० दिन होटल क्वारेन्टीन खर्च दिने « Arthapath.com
३ असार २०७८, बिहीबार

सरकारले वैदेशिक रोजगारीमा जानेलाई १० दिन होटल क्वारेन्टीन खर्च दिने



काठमाडौं । सरकारले बैदेशिक रोजगारबाट आउने र जानेको लागि १० दिन क्वारेन्टीन बस्ने खर्र्च उपलब्ध गराउने भएको छ । हिजो बसेको कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई १० दिनको होटल क्वारेन्टीन खर्च सरकारले उपलब्ध गराउने निर्णय गरेको छ ।

त्सैगरी कोभिड १९ व्यवस्थापन निर्देशक समितिले अब स्मार्ट लकडाउन तर्फ जाने पनि निर्णय गरेको छ । स्मार्ट लकडाउन अन्र्तगत कोरोना संक्रमण रोकथामका सम्पुर्ण उपाय अपनाएर जोखिम रोक्ने र संगै अत्यावश्यक वस्तु उत्पादन प्रक्रिया पनि अगाडी बढाउने हुन्छ ।

त्यस्तै समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षयतामा बसेको बैठकले नेपालबाट धेरै कामदार रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने समेत निर्णय गरेको छ ।

अब सरकारले गैरआवासीय नेपालीहरुले पठाउन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्