१७६८ जनामा कोरोना संक्रमण,२१४१ निको भए « Arthapath.com
३ असार २०७८, बिहीबार

१७६८ जनामा कोरोना संक्रमण,२१४१ निको भए



काठमाडौ । आज बिहिबार थप १ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या ६ लाख १५ हजार ९ सय ८४ पुगेको छ ।

त्यसैगरी यहि अवधिमा थप २ हजार १ सय ४१ जना कोरोना संक्रमितहरु निको भएका छन । यो संगै कोरोना संक्रमण निको हुनेको संख्या ५ लाख ४५ हजार ६ सय ६२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्छिल्लो २४ घण्टामा थप ३९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ९७ पुगेको छ । हाल देशभर ६१ ह्जार ७ सय २५ जना संक्रिय संक्रमित रहेका छन । भने ४ सय ८७ जना क्वारेन्टीनमा रहेका छन ।


प्रतिक्रिया दिनुहोस्