कृषि क्रान्तिका लागि जस्तो सुकै कदम चाल्नपनि पछि हट्न नहुने: कृषि मन्त्री साह « Arthapath.com
४ असार २०७८, शुक्रबार

कृषि क्रान्तिका लागि जस्तो सुकै कदम चाल्नपनि पछि हट्न नहुने: कृषि मन्त्री साह



काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाल कुमारी साहले कृषि क्रान्तिका लागि जस्तो सुकै कदम चाल्नपनि पछि हट्न नहुने बताएकी छन् । कृषि विभाग तथा नेपाल कृषि महासंघको संयुक्त आयोजनामा भएको ‘समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण सम्वन्धी राष्ट्रिय सम्मेलन’मा बोल्दै मन्त्री साहले यस्तो वताएकी हुन् । उनले अगाडि भनिन्, ‘यसकालागि सरकारले दीर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ ।’ एक साता पहिले कृषि मन्त्री नियुक्त भएकी साहले किसानकालागि हित हुनेगरि अगाडि बढ्नुपर्ने बताइन् ।

‘किसानको सुचिकृत कहिलेसम्म गर्न सक्छौ भन्ने हामीले चिन्तन गर्नुपर्छ’, मन्त्री साहले भनिन्, ‘अवसर र चुनौतिसंगसंगै अगाडि बढ्नुपर्छ । यसो हुदैगर्दा हामी आत्मनिर्भर हुनेक्रममा पुग्छौं ।’ भूउपयोग नीतिलाई कडाइसाथ लागू गर्नुपर्नेमा जोड दिदै मन्त्री साहले खण्डीकरण गर्ने कार्यलाई रोक्नुपर्ने वताइन । खेतबारीमा काम गर्ने कामदारहरु नपाइने भएका कारण पनि नेपालको कृषि पछाडि पर्दै आएको कुरा औल्याउदै मन्त्री साहले कृषिमा क्रान्ति ल्याउन जे गर्नुपर्छ गरेरै अगाडि बढ्नुपर्ने बताउदै उनले सोयल हेल्थ कार्डको व्यवस्था गर्नुपर्ने सुझाव पनि दिइन ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्ण प्रसाद ओलीले अर्वन एग्रीकल्चरमा पनि फोकस हुनुपर्ने सुझाव दिए । उर्वर भूमि उपत्यका, पोखरा, दाङ लगायतका शहर बनिसकेको अवस्थामा अव अर्वन एग्रीकल्चरतर्फ लैजान आयोजकलाई सुझाव दिदै ओलीले जल, जमिन, जंगल, जलवायु, जडिवुटी, जनशक्ति, जराजुरी, जनावर, प्रोटेक्सन गर्दै लैजान सकेमा पक्कै पनि कृषिमा आधुनिकीकरण हुदै जाने वताए ।

मल, बीउ लगायतका समस्या सधै भोग्नुपर्ने समस्याको अन्त्य चाडै गर्नुपर्नेमा उनको जोड थियो । उनले हाम्रो देशमा कृषि पढेका विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास बढिभन्दाबढि हुनुपर्ने सुझाव दिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुतर्फका निमित्त सचिव डा.विमलकुमार निर्मलले किसानलाई राम्रोसंग केहि दिन नसकेकोमा आफु दुखित भएको वताए । लाइभस्टकमा भ्याक्सिन, ब्रिडिङ, फिड आयातको समस्य एकदमै धेरै भएको हुदा कृषि तथा पशुपन्छी क्षेत्रमा ४, ५ वटा क्षेत्रमा काम गर्ने हो भने किसान त्यसै खुसी हुनेछन् । डा.निर्मलले कृषिमा श्रमिक कति छन् ? मेकनाइजेशन र मोर्डनाइजेशन गर्ने कुरामा उपयोगी बनाउन जोड दिनुपर्ने वताए ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष डा.प्रेमप्रसाद दंगालले कृषि र पशुको कुरा मात्रै होइन भूमिको व्यवस्था गरि अधिकतम प्रयोग गर्नुपर्ने वताए । खण्डहर बन्दै गरेको अवस्थामा कृषि भूमिलाई उपयोग गर्नुपर्ने वताउदै उनले नदि कटान दिनानुदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । सरकारी, निजी, प्रति जमिनलाई उपयोग गर्दै कृषि क्षेत्रको विकास गर्नुपर्नेमा उनको जोड थियो ।

त्यसैगरि, कृषि बन विश्वविश्द्यालयका उपकुलमति प्रा.डा.पुन्यप्रसाद रेग्मीले नेपाल एकदमै जोखिम अवस्थमा भएको बताए । वातावरणीय प्रवाभले पनि कृषिको आधुनिकीकरणकालागि बाधक हुने वताउदै उनले ठूलो संख्यामा भएका साना किसान छन्, त्यसकारण उत्पादनका आधारमा किसानको वर्गीकरण गरिनुपर्ने वताए ।


प्रतिक्रिया दिनुहोस्