शनिबार थप २,४०१ जनामा कोरोना संक्रमण, ३६६० जना निको भए « Arthapath.com
५ असार २०७८, शनिबार

शनिबार थप २,४०१ जनामा कोरोना संक्रमण, ३६६० जना निको भए



काठमाडौं । शनिबार पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित हुनेको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ ।

त्यसैगरी वितेको २४ घण्टामा थप ३४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।

गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५७ हजार ६ सय १८ जना संक्रिय संक्रमित रहेका छन ।


प्रतिक्रिया दिनुहोस्