महिला लघुवित्तको संस्थापक शेयर आजदेखि बिक्री खुला, प्रतिकित्ता मूल्य कति छ ?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले बोलकबोलद्वारा आजदेखि शेयर बिक्री खुला गरेको छ । कम्पनीको उक्त शेयर आज (अषाढ ६ गते, आइतबार) देखि अषाढ ११ गतेसम्म बिक्री खुला गरेको हो ।
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महिला लघुवित्त वित्तीय संस्थाको संस्थापक ५५ हजार ५७० कित्ता शेयर बिक्री खुला गरेको हो ।
कम्पनीको उक्त शेयरमा न्यूनतम ७६८ रुपैयाँ वा त्यसभन्दा बढी मूलय तोकेर गोप्य बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम ५०० कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।


















