यस्तो आयो ‘स्मार्ट लकडाउन’को स्वरुप, बार अनुसारको बजार « Arthapath.com
६ असार २०७८, आईतवार

यस्तो आयो ‘स्मार्ट लकडाउन’को स्वरुप, बार अनुसारको बजार



काठमाडौं । सरकारले उपत्यकामा ‘स्मार्ट लकडाउन’ गर्ने प्रस्तावमाथि छलफल थालेको भन्दै केही दिनयता यस्तो लकडाउनको स्वरुपबारे चर्चा चुलिएको थियो । आज बसेको काठमाडौं उपत्यकाका ती वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसबारे स्पस्ट पारेको छ ।

उक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउने निणर्य गरेको छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन चलाउन पाइने छ । तर सवारिसाधनमा जोर विजोर प्रणाली लागू हुने छ । सार्वजनिक सवारीसाधन भने अझै कम्तिमा एक साता चलाउन पाइने छैन । ट्याक्सि भने जोरविजोर प्रणालीमा चलाउन पाइने छ ।

यसका साथै बार अनुसार बजार खोल्ने प्रबन्ध गरिएको छ । अब घरायसी सामान, विद्युतीय सामग्री, अटोमोबाइल र त्यसका पार्टपूर्जा विक्री गर्ने व्यवसाय आइतबार, मंगलबार र बिहीबार खुला हुने छन् । सुनचाँदी र भाँडाकुँडा पसल पनि साताका यी तीन दिन खुल्ने छन् ।

सोमबार, बुधबार र शुक्रबारका लागि भने सपिङ मल, खेलकुद सामग्री पसल, कपडा तथा जुत्ताचप्पल पसल खोल्न दिने निणर्य उपत्यका प्रशासनले गरेको छ । कस्मेटिक, फेन्सी, गिफ्ट टेलरिङ व्यवसाय पनि ती दिन खोल्न पाइने छ ।

यसरी बारका आधारमा खुल्ने व्यवसायका लागि समय पनि तोकिएको छ । उपत्यका भर नै बिहान ११ देखि ४ बजेसम्म यस्ता पसल खोलन भनिएको छ । खाद्यान्न, फलफूल र तरकारी पसल भने हरेक दिन ११ बजेसम्म खुल्ने पुरानै व्यवस्थाले निरन्तरता पाउने छ ।


प्रतिक्रिया दिनुहोस्