१३ करोड रुपियाँको हकप्रद निष्काशन गर्न नारायणी डेभलपमेन्ट बैंकले माग्यो धितोपत्र बोर्डसंग अनुमति « Arthapath.com
७ असार २०७८, सोमबार

१३ करोड रुपियाँको हकप्रद निष्काशन गर्न नारायणी डेभलपमेन्ट बैंकले माग्यो धितोपत्र बोर्डसंग अनुमति



काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकले १३ करोड रुपियाँ बराबरको हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन) सँग अनुमति माग गरेको छ ।

बैंकले १३ करोड लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति माग गरेको छ ।

गत शुक्रबार बैंकले हकप्रद निष्काशनको लागि आवेदन माग पेश गरेको बैंकले जानकारी दिएको छ ।हकप्रद जारी गरेसंगै बैंकको चुक्ता पुजी २६ करोड २४ लाख रुपियाँ पुग्ने छ । हाल बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख रुपियाँ रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्