प्रभु सेलेक्ट फण्ड नेप्सेमा सूचिकृत
काठमाडौं । आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रभु सेलेक्ट फण्डको इकाई सूचिकृत भएको छ । आज नेप्सेमा फन्डको १२ करोड ५० लाख कित्ता ईकाई नेप्सेमा सूचिकुत भएको हो ।
गत जेठ ५ गते बुधबारदेखि जेठ ९ गतेसम्म प्रभु क्यापिटल लिमिटेडल प्रभु सेलेक्ट फण्ड बिक्री खुल्ला गरेको थियो । माग भन्दा झन्डै २ गुणा बढी आवेदन परेको उक्त फन्ड १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रकम बराबरको कुल १० करोड इकाई निष्कासन गरेको थियो । तर माग भन्दा झण्डै २ गुणा बढी आवेदन परेपछि फन्डको आकार बढाएर १२ करोड ५० लाख इकाई बनाइएको हो ।
आवेदन दिएका ८२ हजार १५२ जना आवेदकहरु सबैले प्रभु सेलेक्ट फण्डका इकाई पाएका थिए ।
