सोमबार थप १५८४ जनामा कोरोना संक्रमण, ४६ जनाले ज्यान गुमाए « Arthapath.com
७ असार २०७८, सोमबार

सोमबार थप १५८४ जनामा कोरोना संक्रमण, ४६ जनाले ज्यान गुमाए



काठमाडौ । सोमबार पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६ लाख २२ हजार ६ सय ४० जना पुगेको छ ।

त्यसंगरी वितेको २४ घण्टामा थप ४६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन । यो संगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय ४२ पुगेको छ ।

त्यसैगरी पछिल्ले २४ घण्टामा थप ३ हजार १ सय ३० जना कोरोना संक्रमित निको भएका छन । यो संगै कोरोनासंक्रमणमुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९ सय २८ जना रहेका छन । त्यसैगरी हाल देशभर ५३ हजार ९ सय ४० जना संक्रिय संक्रमित रहेका छन । हाल देशभर ४ सय ४२ जना क्वारेन्टीनमा रहेका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्