हिजोको बाउन्स ब्याकपछि पुनः ओरालो बाटोमा नेप्से, उच्चदरले घट्यो कारोबार रकम « Arthapath.com
९ असार २०७८, बुधबार

हिजोको बाउन्स ब्याकपछि पुनः ओरालो बाटोमा नेप्से, उच्चदरले घट्यो कारोबार रकम



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) राताम्य छाएको छ । लगातार भारि अंकले घट्दै आएको नेप्से हिजो मंगलबार भने हरियाली छाएको थियो । निरन्तर घटिरहेको नेप्से मंगलबार बढ्दा लगानीकर्तामा नेप्सले पुनः नयाँ उचाई कायम गर्ने आशा पलाएको थियो तर बुधबार उक्त सोचाईलाई फ्लप खुवाएको छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनी सार्वजनिक गरि अध्ययन शुरु गरेपछि नेप्सेमा नकारातम्क प्रभाव पारेको छ ।

बुधबार नेप्सेमा ठूलो अंकले गिरावट आएर सबै समूहमा राताम्य छाएको छ । बुधबार नेप्से परिसूचक ५३.८८ अंकले घटेर २८५९.९६ अ.कमा बन्द भएको छ । हिजो नेप्से परिसूचक ७९.४३ अंकले बढेर २९१३.८४ अंकमा बन्द भएको थियो ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । २० अर्ब रुपैयाँको कारोबार भएको नेप्सेमा बुधबार भने मुस्किलले साढे ८ अर्बको कारोबार भएको छ । बुधबार दिनभरिमा २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार कित्ता सेयर ९१ हजार पटक किनबेच हुँदा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार सबै समूहमा राताम्य छाएको छ । कुनै पनि समूहमा हरियो देखिएको छैन । ट्रेडिङ समूह ८१.६१ अंक, अन्य समूह ३८.१२ अंक, जीवन बीमा समूह ४१४.३६ अंक, म्युचुअल फण्ड समूह ०.०७ अंक, इन्भेष्टमेन्ट समूह १.०२ अंक, डेभलपमेन्ट बैंक समूह १६९.७४ अंक, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रो समूह १६२।४१ अंक, माइक्रोफाइनान्स समूह १०६.७५ अंक, बैंकिङ्ग समूह ३२.७९ अंक, फाइनान्स समूह ७०.९१ अंक, होटल तथा पर्यटन समूह ७२.३८ अंक, हाइड्रो पावर समूह ६७.४६ अंक र निर्जीवन बीमा समूह १७६.६२ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्