कामना सेवा विकास बैंकको १ अर्ब रुपैयाँको ऋणपत्र सूचीकृत « Arthapath.com
९ असार २०७८, बुधबार

कामना सेवा विकास बैंकको १ अर्ब रुपैयाँको ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ । कामना सेवा विकास बैंकको रु. १ अर्बको ऋणपत्र नेप्सेमा सूचीकरण भएको हो ।

बुधबार असार ९ गते नेप्से र कामना सेवा विकास बैंकबीच ‘९ प्रतिशत कामना सेवा बैंक लिमिटेड ऋणपत्र २०८७’ नामक ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको हो ।

योसँगै बैंकको १ हजार अंकित दरका कुल १० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म यो ऋणपत्र बिक्री गरेको छ ।

kamna-sewa-bank


प्रतिक्रिया दिनुहोस्