एमालेमा लागेका माओवादीका २ मेयरसहित १४ जनप्रितिनिधिको जागिर चट « Arthapath.com
११ असार २०७८, शुक्रबार

एमालेमा लागेका माओवादीका २ मेयरसहित १४ जनप्रितिनिधिको जागिर चट



काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा लागेका २ मेयरसहित १४ जनाको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले आज एउटा सुचना निकालेर २ मेयरसहित १४ जनप्रतिनिधिको रिक्त भएको जानकारी दिएको छ ।

पद गुमाउनेहरुमा रौतहटबाट निर्वाचित भएका प्रमुख उपप्रमुख र उपाध्यक्ष सहित ७ जना रहेका छन । भने कैलालीबाट निर्वाचीत भएका ४ जना रहेका छन । त्यसैगरी ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले एमालेतीर लाग्नेलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी निर्वाचन आयोगलाई सोहि जानकारी गरेको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्