कृषि पत्रकारका लागि अनुशिक्षण कार्यक्रम « Arthapath.com
१३ असार २०७८, आईतवार

कृषि पत्रकारका लागि अनुशिक्षण कार्यक्रम



काठमाडौं । कृषि पत्रकारलाई अनुशिक्षण कार्यक्रम शनिबारबाट सुरू भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र एशोसियसन अफ नेपाली एग्रिकल्चर जर्नालिष्ट(अनाज) को संयुक्त आयोजनामा यो कार्यक्रम सुरू भएको हो । कार्यक्रमको उद्घाटनसत्रमा यो प्रशिक्षण कार्यक्रमले समाजमा सत्य र तथ्यपरक सूचना संकलन गर्न सहयोग पुग्ने मन्त्रालयका निमित्त सचिव विमल कुमार निर्मलले विश्वास व्यक्त गरे । । कृषि विकासको लागि अनाजले खेलेको भूमिका एकदमै सराहनीय भएको भन्दै उनले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । कृषि विकासका लागि मन्त्रालयले ल्याएको कार्यक्रमबारेको सूचना किसान समक्ष पुर्याउन कृषि पत्रकारबाट सहयोग भइरहेको उनले बताए ।

अनुशिक्षण कार्यक्रमले कृषि पत्रकारलाई कृषि क्षेत्रमा कलम चलाउन सहयोग पुग्ने मन्त्रालयका सहसचिव डा. हरि बहादुर केसीले बताए । ‘अहिले पनि कृषि पत्रकारले कृषिमा राम्रो कलम चलाइ रहेका छन्, आगामी दिनमा सत्यतथ्य समाचाार प्रसारण गर्न अझ सहयोग पुग्ने विश्वास लिएका छौं’ उनले भने । महामारीको परिस्थितमा पनि अनाजले कृषि क्षेत्रमा विभिन्न खालका भर्चुअल कार्यक्रम गरेकोमा उनले खुशी व्यक्त गरे ।

दुई दिनसम्म चल्ने कार्यक्रममा पहिलो दिन वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकी, कृषि विज्ञ तेज बहादुर सुवेदी, गोरखापत्रका प्रबन्ध सम्पादक जुनारबाबु वस्नेत, पूर्व कृषि सचिव राजेन्द्र प्रसाद भारी, कृषि विज्ञ तेजबहादुर सुवेदी, पत्रकार पिताम्बर सिग्देल, पत्रकार संगम महत, पत्रकार मनोज श्रेष्ठ पत्रकारहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रमको पहिलो दिनमा १ सय भन्दा बढी सहभागी भएका थिए । कार्यक्रममा सातै प्रदेशका कृषिमा कलम चलाउने पत्रकारको समेत सहभागीता थियो ।


प्रतिक्रिया दिनुहोस्