सीपीभीआर २०२१ मा ओपोले हात पार्यो १२ अवार्ड « Arthapath.com
१६ असार २०७८, बुधबार

सीपीभीआर २०२१ मा ओपोले हात पार्यो १२ अवार्ड



काठमाडौं । सीपीआर २० २१ मा ओपोले १२ वटा अवार्डहरु हात पारेको छ । आपो कम्पनीले प्रदर्शित गरेका औद्योगिक क्षेत्रकै अग्रणी प्राविधिक क्षमता र एआई क्षेत्रमा हात पारेका उल्लेखनिय नवप्रबर्तनका लागि एक पहिलो स्थान, सात ओटा दोस्रो र चार तेस्रो अवार्डहरु प्राप्त गरेको कम्पनिले जनाएको छ ।

सीपीभीआर २०२१ प्रतियोगितामा सहभागिता जनाएको समूहमा ईन्टेलिजेन्ट पर्सेप्शन एण्ड ईन्टरएक्शन डिपार्टमेन्ट र ओपो यूएस रिसर्च सेन्टर अफ ओपो रिचर्स ईन्स्टिच्यूटका सदस्यहरु सम्मिलित थिए । अनुकूलन र एआई एल्गोरिथमको प्रशिक्षण मार्फत ओपोको एआई क्षमता र जनतालाई अझ सटिक सेवा दिने आफ्नो एआई प्रविधिको क्षमता विस्तारका लागि कार्यरत रहेको समुहले जनाएको छ ।

ओपोका चिफ साईन्टिस्ट, ईन्टेलिजेन्ट पर्सेप्शन, एरिक गुओले ‘यस बर्षको सीपीभीआर प्रतियोगितामा पनि यस्तो उल्लेखनिय नतिजा पाउँदा हामी निकै हर्षित छौँ । हामीले पहिलो पटक सीपीभीआर २०२० मा सहभागिता जनाउँदा पर्सेप्चुअल एक्स्ट्रिम सुपर रिजोल्यूशन च्यालेन्जमा धमिला तस्विरलाई सार्प बनाउन सघाउने प्रविधि र फ्यूजन पोजिशनिंगलाई अझ सटिक बनाउन सघाउने भिज्यूअल लोकलाइजेशन फर ह्यान्डहेल्ड डिभाइसेज च्यालेन्ज प्रदर्शित गरे बापत पहिलो स्थान हात पारेको उनले बताए ।

ओपोले हात पारेका ११ सम्मान मध्य ३ अवार्ड, एआई मोडलको मानिस र जनावर जस्ता विवेकी प्राणी बिचको कठिन ब्यवहार बुझ्ने, बर्णन गर्ने तथा अनुमान गर्ने मल्टि—एजेन्ट बिहेभियोर च्यालेन्जको क्षमता मातहत रहेको छ । नयाँ ब्यवहार बुझ्ने श्रेणी अन्तर्गत ओपोले पहिलो स्थान हात पारेको छ , क्लासिक क्लासिफिकेशन अन्गर्त दोस्रो र एनोटेशन स्टाईल ट्रान्सफर अन्तर्गत तेस्रो स्थान हात पारेको हो ।सोही श्रेणीमा सहभागीता जनाएका अन्य २४० सहभागीभन्दा पृथक र अगाडी देखिन कम्पनीको एआई क्षमताले मूख्य भूमिका रहेको थियो । यसमा रहेको अल्गोरिथमले कर्मचारीलाई विशेषगरी उत्पादनका मूख्य चरणहरुमा तिनको सुरक्षाका साथै उत्पादनको गुणस्तर सुनिश्चितता तथा परिचालनमा आउने गल्तीहरु न्यूनिकरण गर्न सघाउँदै यही प्रविधिले ओपोको फ्याक्ट्रिमा उल्लेखनिय भूमिका खेलिरहेको कम्पनिले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्