एचआईडीसीएलले साउन ५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने, क-कसले आवेदन दिन पाउँछन् ? « Arthapath.com
१८ असार २०७८, शुक्रबार

एचआईडीसीएलले साउन ५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?



काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले साउन ५ गतेबाट हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीको हकप्रद सेयरमा साउन ५ गतेदेखि साउन २५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेकोछ । कम्पनीको हकप्रद सेयरमा ग्लोबल आईएमई क्यापिटल तथा ग्लोबल आईएमई बैंकका तोकिएका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

कम्पनीले हकप्रद निष्कशन प्रयोजनार्थ गत जेठ २८ गते बुक क्लोज गरिसकेको छ । त्यसैले जेठ २७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै हकप्रद सेयरमा आवेदन दिनसक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्