लक्ष्मी बैंकले असार २८ गतेदेखि २ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याज कति दिन्छ ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

लक्ष्मी बैंकले असार २८ गतेदेखि २ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याज कति दिन्छ ?



काठमाडौं । लक्ष्मी बैंकले असार २८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ‘लक्ष्मी ऋणपत्र २०८८’ ऋणपत्र असार २८ गतेदेखि निष्काशन तथा बिक्री गर्ने भएको हो । बैंकको ऋणपत्रले वार्षिक ८.५ प्रतिशत ब्याज दिनेछ ।

बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्नेछ । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा २० लाख कित्ता ‘लक्ष्मी ऋणपत्र २०८८’ निष्काशन गर्नेछ । जसमा ८ लाख कित्ता सर्वसाधारणका लागी र बाँकी १२ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

उक्त ऋणपत्रमा छिटोमा असार ३१ गते र उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछनन् । बैंकको ऋणपत्र निष्काशन तथा क्रिी प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डले लक्ष्मी बैंकलाई असार १५ गते ऋणपत्र निष्कासन गर्न अनुमति थियो ।


प्रतिक्रिया दिनुहोस्