मनकामना स्मार्ट लघुवित्तको आईपीओमा १९ लाखले दिए आवेदन « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा १९ लाखले दिए आवेदन



काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा अन्तिम दिन आज १९ लाखले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइतबार सोमबार बिहान १०ः३० बजेसम्मको तथ्याङ्क अनुसार १८ लाख ९६ हजार ९२२ जनाले २ करोड ४८ लाख ४५ हजार ३६० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ६८.३५ गुणा धेरै आवेदन परेको हो ।

संस्थाले बिहीबारदेखि १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमा ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागी छुट्याइएको छ ।

संस्थाको उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपिओ आज असार २१ गते बैंकिङ समयपश्चात बन्द हुनेछ ।


प्रतिक्रिया दिनुहोस्