बिहिबार १८७५ जना कोरोना संक्रमण , १२८६ निको भए « Arthapath.com
२४ असार २०७८, बिहीबार

बिहिबार १८७५ जना कोरोना संक्रमण , १२८६ निको भए



काठमाडौं । विहिबार वितेको २४ घण्टाामा थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ४ जनाको परिक्षणमा पिसिआर परीक्षण विधिबाट १२ सय १८ र एन्टीजेन विधिबाट ६ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६ लाख ५१ हजार ३ सय ८० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १२ सय ८६ जना कोरोना संक्रमित निको भएका छन । यो संगै कोरोना संक्रमित निको हुनेको संख्या ६ लाख १५ हजार ६ सय १३ जना पुगेको छ । हाल देशभर २६ हजार ४ सय ४७ जना आईसोलेसनमा रहेका छन भने ३ सय जना क्वारेन्टिाएनमा रहेका छन ।

गएको २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मुत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३ सय २० जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्