हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न युनियन हाइड्रोपावले डाक्यो साधारण सभा

काठमाडौं । आज युनियन हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ ।हाइड्रोपावरले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको हो ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गदै सभामा युनियन हाइड्रोपावर कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने छ । सभाले आर्थिक वर्ष २०७५l७६ र ०७६l७७ आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु सहित हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी हाइड्रोपावरले प्रवर्द्धिधत गरेको ३ मेगावाट क्षमताको मिदिम खोला करापु जलविद्युत् आयोजनको लागि लिईएको ऋण व्यवस्थापन र अन्य आयोजनाको अध्ययन तथा विकासका लागिे हकप्रद शेयर मार्फत पूँजी जुटाउने निर्णय गर्ने छ ।
संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहको तर्फबाट एक जना महिला सहित तीन जना गरी कुल ६ जना सञ्चालकको निर्वाचनको कार्यक्रम समेत आजै गर्ने छ ।
साधारण सभा कम्पनिको रजिष्ट्रड कार्यालय ललितपुर ३ धोबिघाटमा हुने छ ।
