नेपाल लाइफ र डिप्रोक्स लघुवित्तको १ करोड ८५ लाख कित्ता बोनस सेयर नेप्सेमा सुचीकुत

काठमाडौं । आज आइतबार नेप्सेमा दुई कम्पनिको १ करोड ८५ लाख ७८ हजार कित्ता बोनस शेयर सुचिकूत भएको छ ।
जसमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बोनश शेयर र डिप्रोक्स लघुवित्तको १५ लाख ८ हजार १५० दशमलव ३७ प्रतिशत बोनश शेयर नेप्सेमा सुचिकुत भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको २० औं वार्षिक साधारण सभाले ३१ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारीत गरेको थियो । त्यसैगरी डिप्रोक्स लघुवित्तको गत चैत २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारीत भएको थियो ।

