निर्वाचन आयोगले भन्यो माओवादी केन्द्र वैधानिक छ « Arthapath.com
२७ असार २०७८, आईतवार

निर्वाचन आयोगले भन्यो माओवादी केन्द्र वैधानिक छ



काठमाडौं । नेकपा माओवादी पार्टीले बैधानिकता पाएको छ । नेकपा माओवादी पार्टी अवैधानिक भनेर निर्वाचन आयोगमा मुद्धा परेपछि निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको बताएको हो ।
आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय भएको निर्वाचन आयोगले बताएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार संवैधानिक र कानुनी शर्तहरु पूरा गरी यस आयोगमा दर्ता कायम रहेको देखिएकाले वैधानिकतामा प्रश्न उठाई अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदन उपर केही गरिरहनु परेन ।

हाल नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको तर्फबाट अधिवक्ता बुढाथोकीले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएर आयोगमा निवेदन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्