मुक्तिनाथ विकास बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदर दिने ऋणपत्र साउन ७ गतेदेखि निष्काशन गर्दै « Arthapath.com
२८ असार २०७८, सोमबार

मुक्तिनाथ विकास बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदर दिने ऋणपत्र साउन ७ गतेदेखि निष्काशन गर्दै



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ ।बैंकले साउन ७ गतेबाट ७ वर्ष अवधिको ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर÷ऋणपत्र २०८४÷८५’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

१ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जनाएको छ ।
त्यमध्ये ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बाँकी ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने बैंकले जानकारी दिएको छ ।सर्वसाधारणलाई छुटाएकोे कुल शेयरमध्ये ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।

ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्ममा आवेदन दिनुपर्ने बैंक्ले जनाएको छ ।उक्त समयमा आवेदन नपरेमा २१ गतेसम्म निष्काशन समय थप हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्