प्रधानमन्त्री देउवाले लिए शपथ « Arthapath.com
२९ असार २०७८, मंगलवार

प्रधानमन्त्री देउवाले लिए शपथ



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज बेलुका शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

हिजो सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरि देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा नै उल्लेख नगरि प्रधानमन्त्रीमा देउवालाई नियुक्त गरेपछि देउवाले सच्चउन माग राखेका थिए । राष्ट्रपति कार्यलयले नियुक्ती सच्चउदै सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि उनले शपथ लिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्