नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ « Arthapath.com
२९ असार २०७८, मंगलवार

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले नेपाली कांग्रेसबाट २ र माओवादी केन्द्रबाट २–२ जना मन्त्रीलाई नियुक्त गरेका छन ।

नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने नेपाली कांग्रेसबाटै ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्रीमा नियुक्त भएका छन् । त्यसैगरी माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ मन्त्री र पम्फा भुसाल ऊर्जा जलसा्रतेत तथा सिंचाई मन्त्री नियुक्त भएका छन ।

नवनियुक्त चारैजना मन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिएका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्