वडा कार्यालयबाटै ३९ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता चोरी « Arthapath.com
३१ असार २०७८, बिहीबार

वडा कार्यालयबाटै ३९ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता चोरी



बझाङ । सामाजिक सुरक्षा भत्ता बापतको ३९ लाख रुपैयाँ चोरी भएको छ । बझाङको बुङगल नगरपालिका वडा न ९ र ११ को सामाजिक सुरक्षा भत्ता चोरी भएको हो । नगरपालिकाको वडा नम्बर ९ र ११ को कार्यालय सचिवको जिम्मेवारी सम्हालेका सचिव वपिन्द्र महतोको उक्त रकम चोरी भएको हो । सचिव वडा सदस्य धनबिर बोहराको घरमा भाडामा बस्दै आएका छन् भने असार २९ गते उक्त रकम चोरी भएको प्रहरीले जनाएको छ ।

वडा सचिव महतोसहित घरबेटीलाई सोधपुछकालागि नियन्त्रणमा लिएर प्रहरी अस्थायी पोस्ट पुतलिलेक र इलाका प्रहरी कार्यालय झापाले घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार सचिव महतो ९ बजे तिर नेट चलाउन वडा कार्यालय गएका थिए । घरमा सचिव लगायत २ जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेका छन् । सचिव लगायत घरबेटीलाई सोधपुछ गरी अनुसन्धान गर्नेकाम भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्