मानुषी लघुवित्तलाई ३ लाख ९३ हजार कित्ता आईपीओ जारी गर्न बोर्डले दियो अनुमति

काठमाडौं । मानुषी लघुवित्तले आईपीओ जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मानुषी लघुवित्तलाई प्राथमिक शेयर (आईपीओ) जारी गर्न बिहीबार अनुमति दिएको छ ।
अनुमति पाएसंगै मानुषी लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको १ सय रुपैया अंकित ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गर्ने छ ।लघुवित्तको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
काभ्रेको भैसेपाटीमा केन्द्रिय कार्यालय रहेको मानुषीको कार्यक्षेत्र राष्ट्रिय स्तरमै रहेको छ । सर्वसाधारणका लागि तीन करोड ९३ लाख रुपैयाँको प्राथमिक शेयर जारी पछि चुक्ता पूँजी १० करोड ९३ लाख रुपैयाँ पुग्ने छ ।
मानुषी लघुवित्तले २०७८ बैशाख १३ गते बार्डसँग शेयर बिक्रीका लागि अनुमति मागेको थियो ।