नेपाल चेम्बर अफ कमर्सको सुन चांदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन « Arthapath.com
६ श्रावण २०७८, बुधबार

नेपाल चेम्बर अफ कमर्सको सुन चांदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिति सदस्य रमेश महर्जनको सभापतित्वमा गठित सुन चांदी रत्न आभूषण खानी तथा भूगर्भ समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्नु भयो ।

उतm समितिको उपसभापतिमा क्रमश दियेश रत्न शाक्य, सुमन मान ताम्राकार तथा सदस्यहरुमा क्रमश केशर सेन्चुरी, विशन शाक्य, विद्यासागर ताम्राकार, किशोर पाण्डे, सुर्य कुमार वराल, अर्जुन विश्वकर्मा मनोनित हुनु भएको छ ।

नव मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्नु हुंदै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले यस समितिमा सुन चांदी रत्न आभूषण खानी तथा भूगर्भ क्षेत्रमा लामो अनुभव हाशिल गर्नु भएका महानुभावहरुको प्रतिनिधित्व भएकोले चेम्बरको सुन चांदी रत्न आभूषण खानी तथा भूगर्भ क्षेत्रको प्रवद्र्धनको लागि तय गरिने नीति तथा पैरवीको लागि उल्लेखनिय भूमिका निर्वाह गर्नु हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गर्नु भयो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष श्री कमलेश कुमार अग्रवालको पनि उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्