ग्लोबल आइएमई बैंकको आन्तरिक पर्यटन प्रवर्द्धन योजना « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

ग्लोबल आइएमई बैंकको आन्तरिक पर्यटन प्रवर्द्धन योजना



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिंदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था बैंकले गरेको छ ।

कोभिड महामारीको अवस्थाले बिदेशी पर्यटकहरुको आवत जावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको छ । यस्तो परिस्थितिमा थौरै भएपनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस भन्ने उद्देश्यले वार्षिक तलबीे बिदा लिने कर्मचारीहरुले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको हो । बैंकमा हाल ३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । बैंकले २३ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्