यूनियन लाइफको आईपीओ नेप्सेमा कहिले सूचीकृत हुन्छ ? « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

यूनियन लाइफको आईपीओ नेप्सेमा कहिले सूचीकृत हुन्छ ?



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड सम्पन्न भइसकेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार गोला प्रथा विधिबाट आईपीओ बाँडफाँड गर्दा ५ लाख ८० हजार ५ जनाले मात्रै १० कित्ताका दरले आईपीओ पाएका छन् ।

कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हुन बाँकि छ । कम्पनीको सेयर नेप्सेमा सूचीकृत हुन केही समय कुर्नुपर्ने छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत हुन १० दिन जति लाग्नसक्नेछ । नेप्सेमा सूचीकृतका लागी प्रक्रिया शुरु भइसकेकाले हप्ता–१० दिन जति लाग्न सक्ने क्यापिटलले जनाएको छ ।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोष र बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

आइपीओमा २१ लाख ७२ हजार ८६८ जना आवेदकबाट ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताको लागि आवेदन परेको थियो । क्यापिटलका अनुसार २१ लाख १७ हजारको मात्रै आवेदन सदर भएको छ भने बाँकि आवेदक रद्द गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्