युनाइटेड इन्स्योरेन्सको २७ औँ वार्षिक साधारण सभा साउन ३१ गते, बुक क्लोज कहिले ? « Arthapath.com
१० श्रावण २०७८, आईतवार

युनाइटेड इन्स्योरेन्सको २७ औँ वार्षिक साधारण सभा साउन ३१ गते, बुक क्लोज कहिले ?



काठमाडौं । युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । युनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिक साधारण सभा साउन ३१ गते वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको वार्षिका साधारण सभा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि शुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्नेछ । त्यस्तै, सभामा लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने र आर्थिक वर्ष २०७७–७८ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले साउन २० गतेका दिनदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा सहभागिता भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्