सामाजिक सुरक्षा कोषमा आवद्द नहुने रोजगारदाताप्रति कठोर निर्णय लिने चेतावनी « Arthapath.com
११ श्रावण २०७८, सोमबार

सामाजिक सुरक्षा कोषमा आवद्द नहुने रोजगारदाताप्रति कठोर निर्णय लिने चेतावनी



काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्द नभएमा खाता नै रोक्का गर्ने चेतावनी सामाजिक सुरक्षा कोषले दिएको छ । बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले सामाजिक सुरक्षा कोष विरुद्द आन्दोलन र सर्वाेच्च अदालतमा रिट दायर गरेपछि झनै कठोर बनेको हो । सार्वेच्च अदालतका दुई न्यायाधिसबीच राय बाझिएपछि पुर्ण इजलासमा पठाउने भएको हो ।

यता, सामाजिक सुरक्षा कोषमा आवद्द नहुने रोजगारदातालाई आबद्द हुन बारम्बार आग्रह गरेको छ । तर बारम्बार आग्रह गर्दापनि आबद्द नहुने रोजगारदाताप्रति कठोर निर्णय गर्ने चेतावनी दिएको छ । सामाजिक सुरक्षा कोषका अनुसार अटेर गर्ने रोजगारदाताको बैंक खाता रोक्का, सम्बन्धित व्यक्तिको चलअचल सम्पत्ति रोक्का, रोजगारदाताको अनुमतिपत्र वा इजाजत पत्र निलम्बन र सम्बन्धित व्यक्तिको राहदानी रोक्का राख्नेसम्मका प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ९ ले कोषमा सूचीकृत हुन अटेर गर्ने रोजगारदतालाई कारबाही गर्ने आधार दिएकाले कठोर बन्न सक्ने संकेत गरेको हो । केही बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु आन्दोलित भएका छन् भने केही भने कोषमा आवद्द भएका छन् ।

आइतबारसम्मको तथ्याङ्क अनुसार १५ हजार ३६ रोजगारदाता र २ लाख ७४ हजार ६२८ श्रमिक आबद्ध े सामाजिक सुरक्षा कोषले जनाएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार १३९ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् भने ७१ संस्था कोषमा आवद्द भैसकेका छन् । जसमा ९ वाणिज्य बैंक, ३ विकास बैंक, १३ वित्त कम्पनी र ४६ वटा लघुवित्त कम्पनी कोषमा सूचीकृत भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्