थप ३ हजार ४२१ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु « Arthapath.com
११ श्रावण २०७८, सोमबार

थप ३ हजार ४२१ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार २४० पीसीआर परीक्षण गर्दा २ हजार ३९१ र ५ हजार ३२ को एन्टीजेन परीक्षण गर्दा १ हजार २० गरी ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ८२ हजार ९४७ जना पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७३८ जना पुगेका छन् ।

त्यस्तै, गत २४ घण्टामा १ हजार ६८६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ जना पुगेका छन् । अहिले २७ हजार ९०८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्