८ प्रतिशत ब्याजदर भएको नविल बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो « Arthapath.com
१३ श्रावण २०७८, बुधबार

८ प्रतिशत ब्याजदर भएको नविल बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो



काठमाडौं । नविल बैंकको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । साउन १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थपिएको हो ।

साउन १० गतेबाट बैंकले ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गरेको थियो । ऋणपत्र खरिदका लागि छिटोमा साउन १३ गतेसम्ममा आवेदन दिनुपर्ने भएपनि उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेका कारण निष्काशन अवधि साउन २४ गतेसम्म भएको बैंकले जनाएको छ ।

बैकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो जसमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई छुटाईएको छ भने बाँकी रहने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता बैंकले व्यक्तिगत बिक्री गर्ने छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

इच्छुक लगानिकर्ताले न्युनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्ने छन ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन ।

Tags :

प्रतिक्रिया दिनुहोस्