राप्रपामा ढाका–टोपी र बृद्धहरू मात्रै होइन युवाहरुको आकर्षण बढ्दैछः अध्यक्ष राजु लोहनी « Arthapath.com
१५ श्रावण २०७८, शुक्रबार

राप्रपामा ढाका–टोपी र बृद्धहरू मात्रै होइन युवाहरुको आकर्षण बढ्दैछः अध्यक्ष राजु लोहनी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा युवाहरुको आकर्षण बढ्दै गएको युवक संगठनका केन्द्रिय अध्यक्ष लोहनीले बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाउँदै आएका मुद्दाहरुमा देशब्यापी रुपमा युवाहरु स्वस्फूर्त रुपमा नारा जुलुस गरिरहेकाले युवाहरुको आकर्षण बढ्दो रहेको राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रिय अध्यक्ष एवम् राप्रपाको केन्द्रिय कार्यसम्पादन सदस्य राजु लोहनी (फणीराज) ले बताएका हुन् ।

राप्रपा पार्टीलाई बृद्ध र ढाका–टोपी लगाउनेहरुको मात्रै पार्टी भनेर लाग्दै आएको आरोपलाई खण्डन गर्दै अध्यक्ष लोहनीले यस्तो बताएका हुन् । उनले अर्थपथसँग भने, “राष्ट्रिय प्रजातन्त्र पार्टीले राजासहितको प्रजातन्त्र र सबै धर्मलाई सम्मान गरी पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र हुनुपर्छ भन्ने मुख्य एजेण्डा राखेको छ, अहिले देशव्यापी रुपमा युवाहरू अब राजा चाहिन्छ, राजा अपरिहार्य छ भनेर नारा जुलुस गरिरहेका छन्, त्यसमा के ढाका टोपी लगाएका मात्रै छन् त ?”

राप्रपाले उठाएका मुद्दालाई अन्य दलहरुले पनि पार्टीको एजेण्डा बनाउँदै आएको समेत अध्यक्ष लोहनीले दावी गरेका छन् । उनका अनुसार यो एजेण्डाप्रति तमाम युवा लगायत अन्य ठूला दल भन्नेहरू पनि सहभागि छन् । नेकपा एमालेमा हिन्दु राज्य बनाउनुपर्न मुद्दा प्रवेश भैसकेको छ । नेपाली कांग्रेसमा प्रवेश भैरहेको छ । विवेकशील साझाले यसको बारेमा बोलिसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ल्याएको एजेण्डा राष्ट्रिय बहसमा आइसकेको छ ।

राप्रपा पार्टीले लामो समयदेखि उठाउँदै आएको सनातन हिन्दु राज्य र राजसंस्था पुर्नस्थापना अहिले आएर सहि सावति भएको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्