डिप्रोक्स लघुवित्तले बढायो १६० प्रतिशत खुद नाफा, कर्जा १५ अर्ब २३ करोड र साढे ६ अर्ब निक्षेप संकलन गर्यो « Arthapath.com
१५ श्रावण २०७८, शुक्रबार

डिप्रोक्स लघुवित्तले बढायो १६० प्रतिशत खुद नाफा, कर्जा १५ अर्ब २३ करोड र साढे ६ अर्ब निक्षेप संकलन गर्यो



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १५९.५५ प्रतिशत बढेर ७१ करोड ३७ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २७ करोड ४९ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४२.७९ प्रतिशत बढेर १ अर्ब ३७ करोड ३ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी ९५ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा ६६.३२ प्रतिशत बढेर ७६ करोड ८१ लाख ९१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ४६ करोड १८ लाख ७७ हजार रुपैउाँ सञ्चालन मुनाफा रहेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १५ प्रतिशत बढेर १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ, जगेडा कोष ५५.३९ प्रतिशत १ अर्ब २९ करोड ४५ लाख ७८ हजार रुपैयाँ, सापटी १९.६३ प्रतिशत बढेर ७ अर्ब ७८ करोड ४० लाख रुपैयाँ, निक्षेप संकलन ३२.५५ प्रतिशत बढेर ६ अर्ब ५४ करोड १७ लाख ६७ हजार रुपैयाँ र कर्जा ३१.९० प्रतिशत बढेर १५ अर्ब २३ करोड ३८ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको ईपीएस ३४ रुपैयाँ ३८ पैसा बढेर ६१ रुपैयाँ ७३ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २७.३१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ ९६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्