एनआईबिएल सहभागिता फण्डको ५० प्रतिशत लाभांश घोषणा « Arthapath.com
१५ श्रावण २०७८, शुक्रबार

एनआईबिएल सहभागिता फण्डको ५० प्रतिशत लाभांश घोषणा



काठमाडौ । एनआईबिएल सहभागिता फण्डको ५० प्रतिशत लाभांश घोषणा गरेको छ । नेपालकै पहिलो खुलामुखी सामुहिक लगानी कोष योजना “एनआईबिएल सहभागिता फण्ड” ले आर्थिक वर्ष २०७७/७८ बाट इकाईधनीलाई ५० प्रतिशत लाभांश घोषणा गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा ८।२५ प्रतिशत लाभांश घोषणा गरेको कम्पनिले गत आर्थिक वर्षमा ५० प्रतिशत घोषणा गरेको छ । यो अघिल्लो आथिर्तक वर्षको तुलनामा ४१।७५ प्रतिशत बढि हो ।

हिजोसम्म एनआईबिएल सहभागिता फण्डको इकाई खरिद गर्नेले ५० प्रतिशत लाभांश पाउने छन । ५० प्रतिशत लाभांश लिनको लागि साउन २२ गतेसम्म आफनो नाम दर्ता गर्न कम्पनिले आग्रह गरेको छ ।

नाम दर्ता गर्नको लागि इकाईधनीहरुले अनलाईन लिंकमा गई लाभांश पुनःलगानी योजना दर्ता फाराम मार्फत आफ्नो सम्पूर्ण विवरण भरी आफ्नो हितग्राही खातामा रहेको इमेल ठेगाना मार्फत विवरण उल्लेख गरी उल्लेखित ठेगानामा इमेल पठाउन सक्ने कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्