जसपाको आधिकारिकता यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वाेच्चमा ठाकुरले रिट दायर गरे « Arthapath.com
१५ श्रावण २०७८, शुक्रबार

जसपाको आधिकारिकता यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वाेच्चमा ठाकुरले रिट दायर गरे



काठमाडौं । निर्वाचन आयोगले जनता समाज पार्टी (जसपा) नेपालको आधिकारीकता उपेन्द्र यादवलाई दिएपछि महन्थ ठाकुर पक्षले उक्त निर्णय बदर गर्न माग गर्दै सर्वाेच्च अदालत गुहारेका छन् । जनता समाज पार्टीको आधिकासरकता उपेन्द्र यादवलाई दिने निर्णय गरेको विरुद्ध महन्थ ठाकुर पक्ष सर्वाेच्च अदालतमा पुगेका हुन् ।

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । महन्थ ठाकुरले दिएको रिटमा आफूलाई नयाँ दल दर्ता गर्न दिएको र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्णय बदर गर्न माग गर्दै शुक्रबार ठाकुर पक्षले सर्वाेच्चमा रिट दायर गरेका हुन् ।

साउ ११ गते निर्वाचन आयोगले जसपाको कार्यकारिणी समितिको हेडकाउन्टमा बहुमतकाृ आधारमा यादव पक्षलाई आधिकारिकता दिएको थियो । यादव पक्षसँग बहुमत ३४ सदस्य र महन्थ ठाकुर पक्षसँग १६ जना कार्यकारिणी सदस्य भएकोले निर्वाचन आयोगले यादवलाई आधिकारिकता दिएको थियो ।

ठाकुर पक्षले रिटमा २०७८ असार १ गते हेरेफेर गरेको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने र त्यसका आधारमा पार्टीको आधिकारिकता निरुपण गर्नुपर्ने माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्