प्राइम बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । प्राइम बैंकमा ठूलो संख्यामा कर्मचारी मागेको छ । प्राइम कमर्सियल बैंकले विभिन्न तहमा कर्मचारी मागेको हो ।
बैंकले लिगल डिपार्टमेन्टका लागी अफिसर, ब्रान्च म्यानेजरका लागी शाखा प्रबन्धक, रिलेशन म्यानेजर÷अफिसर, गोल्ड लोन सुपरभाइजर÷असिस्टेन्ट, डिजिटल बैंकिङ र ट्रेनी असिस्टेन्टका लागी कर्मचारी मागेको हो ।
कम्तिमा ३ वर्षदेखि ५ वर्षसम्मको बैंकिङ अनुभव हुनुपर्ने र ट्रेनी असिस्टेन्टको लागि स्नातक तह पास हुनुपर्ने बैंकले जनाएको छ । इच्छुक आवेदकहरूले साउन २८ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।
