छिमेक लघुवित्तको नाफा १ अर्ब २१ करोड, ब्याज आम्दानी २ अर्ब रुपैयाँ र निक्षेप संकलन २०.२२ प्रतिशतले बृद्धि « Arthapath.com
२० श्रावण २०७८, बुधबार

छिमेक लघुवित्तको नाफा १ अर्ब २१ करोड, ब्याज आम्दानी २ अर्ब रुपैयाँ र निक्षेप संकलन २०.२२ प्रतिशतले बृद्धि



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ८७.२४ प्रतिशत बढेर १ अर्ब २१ करोड ५६ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले खुद नाफा ६४ करोड ९२ लाख ४० लाख रुपैयाँ आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १७.७५ प्रतिशतले बढेर २ अर्ब ६ करोड ५१ लख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ अर्ब ७५ करोड ३८ लाख ९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समीक्षा अवधिमा सञ्चालन मुनाफा ५१.८३ प्रतिशत बढेर १ अर्ब ३२ करोड २० लाख ९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ८७ करोड ७ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो आवमा लघुवित्तको सम्भावित जोखिम बापतको व्यवस्थामा ४७ करोड ५७ लाख २३ हजार रुपैयाँ छुट्याएकोमा गत असार मसान्तसम्म ७.४६ प्रतिशत बढाएर सम्भावित जोखिम बापतको व्यवस्थामा ५१ करोड १२ लाख रुपैयाँ छुट्याएको छ । यस अवधिमा लघुवित्तले ५७ करोड १३ लाख २९ हजार रुपैयाँ खराब कर्जा उठाएको छ ।

समीक्षा अवधिसम्म लघुवित्तको चुक्ता पूँजी २२ प्रतिशत बढेर १ अर्ब ८३ करोड रुपैयाँ, जगेडा कोष ८४.२२ प्रतिशत बढेर ३ अर्ब १२ करोड १५ लाख ३८ हजार रुपैयाँ, सापटी ५२.४२ प्रतिशत बढेर ६ अर्ब २१ करोड ३ लाख ८ हजार रुपैयाँ, निक्षेप २०.२२ प्रतिशत बढेर २२ अर्ब ४३ करोड ९३ लाख ७६ हजार रुपैयाँ र कर्जा २९.६१ प्रतिशत बढेर २५ अर्ब १० करोड ९८ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस २३ रुपैयाँ १५ पैसा बढेर ६६ रुपैयाँ ४३ पैसा छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ २८ पैसा रहेको थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात २६.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ ८५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्